BIZMANDU
www.bizmandu.com

सुपर तमोर जलविद्युत आयोजना ग्लोबल आइएमईको अगुवाइमा बन्ने, ६ बैंकको १९ अर्ब लगानी

२०८३ जेठ २१

सुपर तमोर जलविद्युत आयोजना ग्लोबल आइएमईको अगुवाइमा बन्ने, ६ बैंकको १९ अर्ब लगानी
सुपर तमोर जलविद्युत आयोजना ग्लोबल आइएमईको अगुवाइमा बन्ने, ६ बैंकको १९ अर्ब लगानी


काठमाडौं। १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ ऋण लगानी हुने भएको छ।

Vigo
GBIME
Tata

ग्लोबल आइएमई बैंकको अगुवाइमा सिद्धार्थ, लक्ष्मी सनराइज, प्रभु, कृषि विकास र नेपाल एसबिआई बैंकले आयोजनामा ७५ प्रतिशत लगानी गर्ने भएका हुन्।

ग्लोबल आइएमईले ५ अर्ब, सिद्धार्थले ४ अर्ब, लक्ष्मी सनराइजले ४ अर्ब, प्रभुले ३ अर्ब ५० करोड, कृषि विकासले १ अर्ब ५० करोड र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने छन्।

आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ। आयोजना प्रवर्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र लगानीकर्ता बैंकबीच सम्झौता भएको हो।

ताप्लेजुङको फक्ताङलुङ गाँउपालिकाकास्थित तमोर नदीमा आयोजना निर्माणका लागि ‍२५ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट व्यवस्थापन गरिनेछ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न हुने विश्वास व्यक्त गरे। आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्षभित्र सम्पन्न गर्ने भनिएको छ।