BIZMANDU
www.bizmandu.com

होस्टललाई ५० हजार जरिवाना, तीनवटा फर्म पनि वाणिज्य विभागको कारबाहीमा

२०८३ जेठ २०

होस्टललाई ५० हजार जरिवाना, तीनवटा फर्म पनि वाणिज्य विभागको कारबाहीमा
होस्टललाई ५० हजार जरिवाना, तीनवटा फर्म पनि वाणिज्य विभागको कारबाहीमा

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक गर्ल्स होस्टललाई ५० हजार जरिवाना गरेको छ।

Tata
GBIME

विभागले बुधबार उपत्यकाको विभिन्न ठाउँमा बजार अनुगमन गरेको थियो। त्यसक्रममा होस्टलसहित अन्य ३ फर्मलाई जरिवाना गरिएको हो।

धोबिघाटमा संचालित टाउन ब्वाइज एण्ड गर्ल्स होस्टललाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो।

त्यस्तै, जावलाखेलमा रहेको ब्यु फक्स रेष्टुरेन्टलाई २० हजार, बौद्धको शाम्भाला होमलाई १० हजार र कोल्ड एण्ड स्पाइसी नुडल्सलाई ५ हजार जरिवाना गरिएको विभागले जनाएको छ।

साथै, विभागले ५ वटा व्यवसायीक फर्मलाई सामान्य निर्देशन दिएको जनाएको छ।