BIZMANDU
www.bizmandu.com

सेयर बजार सूचक २.६६ अंकले बढ्यो, ५ अर्ब ७३ करोड रुपैयाँको कारोबार

२०८३ जेठ २०

सेयर बजार सूचक २.६६ अंकले बढ्यो, ५ अर्ब ७३ करोड रुपैयाँको कारोबार
सेयर बजार सूचक २.६६ अंकले बढ्यो, ५ अर्ब ७३ करोड रुपैयाँको कारोबार

काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक बुधबार २.६६ अंक बढेर २७८०.२५ विन्दुमा पुगेको छ। बैंकिङ, फाइनान्स, हाइड्रोपावर, इन्भेष्टमेन्ट, अन्य र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्।

Tata
GBIME
Nepal Life

निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै ३.३७ प्रतिशतले बढेको छ। बजारमा १४९ कम्पनीको सेयर मूल्य बढेको छ।

कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बजारमा ११६ कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल रि-इन्स्योरेन्सको सबैभन्दा धेरै ५.१८ प्रतिशतले सेयर मूल्य घटेको छ।

बजारमा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ४४ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, नेपाल रि-इन्स्योरेन्सको २१ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।