BIZMANDU
www.bizmandu.com

पाल्पा सिमेन्टले ५औं साधारण सभाबाट छान्यो सञ्चालक, को-को भए निर्वाचित?

२०८३ जेठ २०

पाल्पा सिमेन्टले ५औं साधारण सभाबाट छान्यो सञ्चालक, को-को भए निर्वाचित?
पाल्पा सिमेन्टले ५औं साधारण सभाबाट छान्यो सञ्चालक, को-को भए निर्वाचित?

काठमाडौं। पाल्पा सिमेन्ट इन्डस्ट्रिजले सञ्चालक समितिका सदस्य चयन गरेको छ। कम्पनीको मंगलबार भएको पाँचौं वार्षिाक साधारण सभाले सञ्चालक समितिका सदस्य निर्वाचित गरेको हो।

GBIME
Tata

कम्पनीका अनुसार संस्थापक सेयरधनी समूहबाट राजेशकुमार अग्रवाल, शेखरकुमार अग्रवाल र प्रियान्सी अग्रवाल निर्वाचित भएका छन्। राजेश र प्रियान्सी यसअघि पनि कम्पनीको सञ्चालक थिए।

यस्तै सर्वसाधारण समूहबाट कृष्णप्रसाद न्यौपाने सञ्चालक बनेका छन्। स्वतन्त्र सञ्चालकमा विनयप्रकाश श्रेष्ठ छन्।