BIZMANDU
www.bizmandu.com

कजारिया रमेश टायल्सको रणवीर र रश्मिकासँग ‘घरमा कजारिया…’ अभियान सार्वजनिक

२०८३ जेठ १९

कजारिया रमेश टायल्सको रणवीर र रश्मिकासँग ‘घरमा कजारिया…’ अभियान सार्वजनिक
कजारिया रमेश टायल्सको रणवीर र रश्मिकासँग ‘घरमा कजारिया…’ अभियान सार्वजनिक


काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो नयाँ र विशेष ब्रान्ड अभियान ’घरमा कजारिया, सबैले सोध्ने नै भयो नि!’ आधिकारिक रूपमा घोषणा गरेको छ। यो अभियान २०८३ जेठ ११ देखि सुरु हुने कम्पनीले जनाएको छ।

Vigo
GBIME
Tata

चर्चित ब्रान्ड एम्बेसेडरहरू रणवीर सिंह र रश्मिका मन्दाना आबद्ध यस अभियानले आफ्नै घर हुनुको गर्विलो क्षणलाई उजागर गर्ने कम्पनीले जनाएको छ। यसले विश्वस्तरीय कजारिया टायल्सको प्रयोगले कसरी जुनसुकै घरलाई पनि एक उत्कृष्ट स्टाइल स्टेटमेन्टमा रूपान्तरण गर्ने भनिएको छ।

प्रिमियम इन्टेरियर फिनिसिङ रोज्दा समाजमा पाइने पहिचान र प्रशंसा नै यस अभियानको मुख्यअवधारणा रहेको भनिएको छ।रणवीरको ऊर्जाशील व्यक्तित्व र रश्मिकाको आकर्षक शालीनताको उत्कृष्ट मेलमार्फत कजारियाका डिजाइनहरूले कसरी नेपाली घरहरूलाई अन्तर्राष्ट्रिय स्तरको भव्यता प्रदान गर्छ भन्ने कुरा यस अभियानमा सुन्दर ढंगले प्रस्तुत गरिएको जनाइएको छ।

अभियानको शुभारम्भका अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रवक्ताले भने, ‘घर भनेको व्यक्तिको सफलता र अभिरुचिको प्रतिबिम्ब हो। हाम्रो नयाँ अभियान ’घरमा कजारिया, सबैले सोध्ने नै भयो नि!’ ले घरमा आउने पाहुनाहरूले फ्लोर र वालको सौन्दर्य देखेर प्रशंसा नगरी रहनै नसक्ने सुखद क्षणलाई समेटेको छ। रणवीर र रश्मिकाको प्रभावशाली उपस्थिति मार्फत नेपाली घरपरिवारमा विश्वस्तरीय विलासिता सिधै भित्र्याउने हाम्रो प्रतिबद्धतालाई थप सुदृढ बनाउन पाउँदा हामीअत्यन्तै उत्साहित छौँ।’

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको कम्पनीले जनाएको छ। हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सञ्जाल विस्तार गरिसकेको छ।