BIZMANDU
www.bizmandu.com

टीभीएस रोनिन बाइकको नयाँ दुई प्रिमियम भेरियन्ट मोनोटोन र एगोन्डा नेपाली बजारमा

२०८३ जेठ १९

टीभीएस रोनिन बाइकको नयाँ दुई प्रिमियम भेरियन्ट मोनोटोन र एगोन्डा नेपाली बजारमा
टीभीएस रोनिन बाइकको नयाँ दुई प्रिमियम भेरियन्ट मोनोटोन र एगोन्डा नेपाली बजारमा

काठमाडौं। टीभीएस रोनिन बाइकका दुई नयाँ प्रिमियम भेरियन्ट नेपाली बजारमा आएको छ। टीभीएस मोटर्सका दुई पाङ्ग्रे साधनको नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रालिले रोनिन मोनोटोन र रोनिन एगोन्डा सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

ठमेलस्थित क्लब नोभामा आयोजित एक सांगीतिक कार्यक्रमका बीच बाइकका यी दुई नयाँ भेरियन्टहरू सार्वजनिक गरिएका हुन्। नेपाली युवा राइडरहरूका लागि प्रिमियम मोटरसाइकल लाइनअप विस्तार गर्ने उद्देश्यका साथ यी मोडलहरू बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

आधुनिक-रेट्रो स्टाइलिङ र उन्नत इन्जिनियरिङको मिश्रण रहेको टीभीएस रोनिनमा परिष्कृत २२५.९ सीसीको इन्जिन प्रयोग गरिएको छ, जसले ७,७५० आरपीएममा २०.४ पीएस पावर र ३,७५० आरपीएममा १९.९३ एनएम टर्क प्रदान गर्दछ।

शक्तिशाली राइडिङ अनुभवका लागि निर्मित यो मोटरसाइकलमा कम गतिमा पनि सहज सवारीका लागि ग्लाइड ध्रु टेक्नोलोजी, सहज गियर परिवर्तनका लागि असिस्ट एण्ड स्लिपर क्लच, र उत्कृष्ट ह्यान्डलिङ तथा आरामका लागि ४१ एमएमको अपसाइड-डाउन फ्रन्ट फोर्कहरू जस्ता विशेषताहरू समावेश गरिएका छन्।

टीभीएस रोनिनले शैली, व्यक्तित्व र आधुनिक क्रुजिङको विशिष्ट मिश्रण प्रदान गर्दै अनस्क्रिप्टेड मोटरसाइकलिङको भावनालाई प्रतिनिधित्व गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपालभर विस्तृत नेटवर्क र उत्कृष्ट आफ्टर-सेल्स सपोर्ट रहेको जगदम्बा मोटर्सले यी नयाँ उत्पादनमार्फत नेपालको प्रिमियम मोटरसाइकल खण्डमा आफ्नो उपस्थिति अझ बलियो बन्ने विश्वास लिएको जनाएको छ।

दुई भेरियन्टमध्ये टीभीएस रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रङमा उपलब्ध हुनेछ, जसको एक्स-शोरूम मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ। त्यस्तै, रोनिन एगोन्डा भेरियन्ट पर्ल ह्वाइट रङमा उपलब्ध हुनेछ र यसको एक्स-शोरूम मूल्य ४ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।

भारतको गोवास्थित प्रसिद्ध एगोन्डा बीचको घाम, बालुवा र वातावरणबाट प्रेरित भएर तयार पारिएको एगोन्डा संस्करणको चम्किलो सेतो आधारले त्यहाँको बालुवालाई प्रतिनिधित्व गर्दछ, जुन यसको फ्युल ट्यांकी र हेडलाइट कभरसम्म फैलिएको छ। यसमा आइकोनिक अल-एलईडी टी-फेस हेडल्याम्पको वरिपरि सेतो हेडल्याम्प काउल, फ्युल ट्यांकीमा नीलो र रातो रेट्रो पिनस्ट्राइपहरू तथा विशेष कालो टीभीएस स्टालियन लोगोसहितको ट्रिपल-टोनको संयोजन छ।