काठमाडौं। सरकारले २० लाखसम्मको विद्युतीय गाडीको ५ प्रतिशत सडक निर्माण दस्तुर घटाएको छ। काठमाडौंमा सोमबार नेपाल आर्थिक पत्रकार संघको ‘बजेटपछिको अन्तरक्रिया’ कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० लाखसम्मको गाडीमा सडक निर्माण दस्तुर घटाएको हो।
सरकारले आर्थिक विधेयक सच्याएर २० लाख रुपैयाँसम्मका विद्युतीय गाडीमा २.५ प्रतिशत सडक निर्माण दस्तुर लगाएको हो। यसअघि आर्थिक विधेयकमा ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको थियो। तर, अहिले सच्याएर त्यसलाई २.५ प्रतिशत बनाइएको हो।
अब यसले २० लाखसम्मको इभी सस्तो हुनेछ।

बीस लाखभन्दा माथिका गाडीमा भने ५ प्रतिशत नै सडक निर्माण दस्तुर लाग्नेछ।