BIZMANDU
www.bizmandu.com

पूर्व सभामुख कृष्णबहादुर महरालाई लाख रुपैयाँ धरौटीमा छोड्न  विशेष अदालतको आदेश

२०८३ जेठ १८

पूर्व सभामुख कृष्णबहादुर महरालाई  लाख रुपैयाँ धरौटीमा छोड्न  विशेष अदालतको आदेश
पूर्व सभामुख कृष्णबहादुर महरालाई लाख रुपैयाँ धरौटीमा छोड्न  विशेष अदालतको आदेश

काठमाडौं। विशेष अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

GBIME
Tata

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले सोमबार एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उनीमाथि विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको थियो। २०७९ पुस १० गते फ्लाई दुबईको जहाजमा चिनियाँ नागरिकले भेपमा ९ किलो सुन भित्र्याएका थिए।

उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा पनि अन्य मुद्दा विचाराधीन रहेको छ।