BIZMANDU
www.bizmandu.com

५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्री वाग्लेको दाबी, ‘विलासी गाडीमा मात्रै कर बढेको हो’

२०८३ जेठ १८

५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्री वाग्लेको दाबी, ‘विलासी गाडीमा मात्रै कर बढेको हो’
५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्री वाग्लेको दाबी, ‘विलासी गाडीमा मात्रै कर बढेको हो’


काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन्। काठमाडौंमा सोमबार नेपाल आर्थिक पत्रकार संघको ‘बजेटपछिको अन्तरक्रिया’ कार्यक्रममा उनले विलासिता गाडीमा मात्रै कर बढेको बताए।

Vigo
GBIME
Tata

केही वर्षअघिसम्म विद्युतीय गाडीको प्यानिट्रेसन बढाउन धेरै छुट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको जिकिर उनले गरे। ‘अहिले १ करोडसम्मका विद्युतीय गाडी चढेर हिड्नु विलासिता हो। यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो। ५० लाख माथीका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो।’

उनले व्यवसायीहरु किलोवाटका आधारमा गाडी भित्र्याउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए। उनले किलोवाटको सट्टा मूल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरु समेत राहत महसुस गरेको बताए।

विद्युतीय गाडी पूर्ण रुपमा स्वच्छ उर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। तयारी गर्ने पर्याप्त समय नहुँदा केही विषय अर्को वर्षको बजेटले सम्बोधन गर्ने भनाइ उनले राखे। अहिलेको सरकार ५ वर्षकोलागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न उनले आग्रह गरे।