BIZMANDU
www.bizmandu.com

विराटको सानदार प्रदर्शनमा गुजरातलाई हराउँदै बेङ्ग्लुरु बन्यो आईपीएलको च्याम्पियन

२०८३ जेठ १७

विराटको सानदार प्रदर्शनमा गुजरातलाई हराउँदै बेङ्ग्लुरु बन्यो आईपीएलको च्याम्पियन
Virat Kohli of Royal Challengers Bengaluru raises his bat after scoring a fifty during the Final of the TATA Indian Premier League (IPL) 2026 between Royal Challengers Bengaluru and Gujarat Titans at the Narendra Modi Stadium in Ahmedabad, India, on May 31, 2026. Photo by Vipin Pawar / CREIMAS for IPL


रोयल च्यालेन्जर्स बेङ्ग्लुरु इण्डियन प्रिमियर लिग (आईपीएल)को च्याम्पियन बनेको छ। आज सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै बेङ्ग्लुरु लगातार दोस्रो सिजन पनि च्याम्पियन बनेको हो।

Tata
GBIME

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। गुजरातका लागि वासिङ्टन सुन्दरले सर्वाधिक अविजित ५० रन बनाउँदा निशान्त सिन्धुले २० तथा जोस बटलरले १९ रनको योगदान दिए। बलिङमा बेङ्ग्लुरुका रसिक सलामले सर्वाधिक ३ विकेट लिँदा भुवनेश्वर कुमार र जोस हेजलहुडले समान २ र क्रुणाल पाण्ड्याले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले २ ओभर बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। यसक्रममा बिराट कोहलीले सर्वाधिक अविजित ७५ रन बनाउँदै टोलीलाई लक्ष्यसम्म पुर्‍याए। त्यस्तै, वेङकटेस ऐय्यरले ३२ तथा टिम डेभिडले २४ रनको योगदान दिए। बलिङमा गुजरातका राशिद खानले २ तथा मोहम्मद सिराज, कागिसो रबाडा र अर्सद खानले समान १ विकेट लिए पनि बेङ्गलुरुलाई रोक्न सकेनन्।