BIZMANDU
www.bizmandu.com

भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो हुने, बुकिङका लागि ९ दिनको समय

२०८३ जेठ १७

भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो हुने, बुकिङका लागि ९ दिनको समय
भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो हुने, बुकिङका लागि ९ दिनको समय


काठमाडौं। नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आउँदो भाद्र ९ देखि १४ गतेसम्म नाडा अटो शो, २०२६ आयोजना गर्ने भएको छ। 

Tata
GBIME

सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको सहभागितामा अटो शो हुन लागेको हो। प्रदर्शनीको स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ।

नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने अवसर अटो शोले प्रदान गर्दै आएको छ।

स्टल बुकिङसम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरण व्यवस्थापक कम्पनीबाट प्राप्त गर्न सकिने छ।