BIZMANDU
www.bizmandu.com

बिजुलीमा ५% भ्याटबारे बालेनको जवाफ : त्यो धेरै होइन, ट्रान्सफर्मरको क्षमता बढाउन पैसा चाहिन्छ

२०८३ जेठ १७

बिजुलीमा ५% भ्याटबारे बालेनको जवाफ : त्यो धेरै होइन, ट्रान्सफर्मरको क्षमता बढाउन पैसा चाहिन्छ
प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभाको रोष्टममा


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बिजुलीको बिलमा ५ प्रतिशत भ्याट धेरै नभएको बताएका छन्।

Tata
GBIME

प्रतिनिधि सभाको आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सोधेको प्रश्नको जवाफ दिने क्रममा ५ प्रतिशत भ्याट भनेको एक सय रुपैयाँमा पाँच रुपैयाँ मात्र भएको बताए।

उनले बिजुलीमा लगाइएको भ्याट रकम सबस्टेसन र ट्रान्सफर्मर सुधार गर्न खर्च गर्ने बताए।

‘साँच्चिकै हामी तुरुन्त विद्युतीय युगमा जान सक्ने अवस्था छैन। अहिले देशका हरेक किचनमा बिजुलीबाट पकाउने हो भने सबै ट्रान्सफर्मर र सबस्टेसन पडकन्छन्। त्यसको क्षमता नै छैन अहिले,’ उनले भने, ‘त्यो क्षमता विकास गर्न पैसा चाहिन्छ। त्यही पैसाका लागि ५० युनिटभन्दा माथि चाहिं ५ प्रतिशत भ्याट लगाउने कुरा अस्ति अर्थमन्त्रीले जुन कुरा गर्नु भा छ त्यो धेरै होइन। एक सय रुपैयाँमा ५ रुपैयाँ मात्र हो। त्यो पैसा चाहिं केमा खर्च हुन्छ भन्दा ट्रान्सफर्मर र सबस्टेसन अपग्रेड गर्न खर्च हुन्छ। देशभरि ट्रान्समिसन लाइनको तार अपग्रेड गर्न खर्च हुन्छ। सबस्टेसन अपग्रेड गर्नुपर्छ। अनि हामी बल्ल विद्युतीय युगमा जान सक्छौं। त्यसका लागि सरकार अग्रसर छ।’