BIZMANDU
www.bizmandu.com

साफ च्याम्पियनसिप : लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल आज श्रीलंकासँग भिड्दै

२०८३ जेठ १७

साफ च्याम्पियनसिप : लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल आज श्रीलंकासँग भिड्दै
साफ च्याम्पियनसिप : लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल आज श्रीलंकासँग भिड्दै


काठमाडौं। नेपाली महिला फुटबल टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। साफ च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपाल आज लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ।

Tata
GBIME

खेल भारतको गोवास्थित जवहारलाल नेहरु स्टेडियममा साँझ पौने ५ बजे सुरु हुनेछ। श्रीलंका आफ्नो दोस्रो खेलमा पहिलो जितको लक्ष्यमा हुनेछ। यसअघिको खेलमा श्रीलंका भुटानसँग ४-० गोलअन्तरले पराजित भएको थियो। अर्कोतर्फ नेपालले भुटानमाथि १-० गोलको साँघुरो जित निकालेको थियो।

साफको समूह ‘ए’मा नेपाल, श्रीलंका र भुटान छन्। अर्को समूहमा माल्दिभ्स, भारत र बंगलादेश छन्।

नेपालका लागि समूह चरण सहज भए पनि मुख्य चुनौती सेमिफाइनलमा हुने देखिन्छ। सेमिफाइनलमा नेपालले भारत र बंगलादेशबीच एक प्रतिस्पर्धी पाउने प्रबल सम्भावना छन्। यी दुवै टोली साफका पूर्वविजेता टोली हुन्।

आजै भारत र बंगलादेश पनि पौने ८ बजे आमनेसामने हुनेछन्।