BIZMANDU
www.bizmandu.com

राजस्थानलाई हराएर गुजरात आईपीएलको फाइनलमा, उपाधि भिडन्त बेङ्ग्लुरुसँग

२०८३ जेठ १६

राजस्थानलाई हराएर गुजरात आईपीएलको फाइनलमा, उपाधि भिडन्त बेङ्ग्लुरुसँग
Shubman Gill of Gujarat Titans celebrates after scoring a hundred during Qualifier 2 of the TATA Indian Premier League 2026 between Gujarat Titans and Rajasthan Royals at New International Cricket Stadium, New Chandigarh, India, on May 29, 2026. Photo by Deepak Malik / CREIMAS for IPL


गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा पुगेको छ। गएराति सम्पन्न दोस्रो क्वालिफायरको खेलमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरातले फाइनलको यात्रा तय गरेको हो।

Tata
GBIME

चन्डिगढस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१४ रन बनाएको थियो। उसका लागि वैभव सूर्यवंशीले सर्वाधिक ९६ रनको योगदान दिए। ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै रवीन्द्र जडेजाले अविजित ४५ रन बनाउँदा डोनभन फरेइरा ३८ रनमा अविजित रहे। बलिङमा जेसन होल्डर र कागिसो रबाडाले समान २ विकेट लिँदा मोहम्मद सिराज र प्रसिद कृष्णाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि कप्तान शुभमन गिलले सर्वाधिक १०४ रनको योगदान दिँदा साइ सुदर्शनले ५८ रन बनाए। त्यस्तै राहुल तेवातियाले १७ तथा वासिंटन सुन्दरले १६ रन बनाए। बलिङमा राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र ब्रिजेश शर्माले समान १ विकेट लिए।

योसँगै राजस्थान प्रतियोगिताबाट बाहिरिँदा उपाधि भिडन्त गुजरात र बेङ्ग्लुरुबीच हुने तय भएको छ। पहिलो क्वालिफायरमा गुजरातलाई नै हराएर बेङ्ग्लुरु फाइनल पुगेको थियो। फाइनल खेल आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।