BIZMANDU
www.bizmandu.com

ब्रोकरले गरे बजेटको स्वागत, ‘सेयर बजार सुधार सम्बन्धी व्यवस्था लगानीकर्तामैत्री छन्’

२०८३ जेठ १५

ब्रोकरले गरे बजेटको स्वागत, ‘सेयर बजार सुधार सम्बन्धी व्यवस्था लगानीकर्तामैत्री छन्’
ब्रोकरले गरे बजेटको स्वागत, ‘सेयर बजार सुधार सम्बन्धी व्यवस्था लगानीकर्तामैत्री छन्’


काठमाडौं। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आर्थिक वर्ष २०८३/८४ को बजेटको स्वागत गरेको छ।

Vigo
GBIME
Tata

सेयर बजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवात सम्बन्धी बजेटका व्यवस्थालाई ब्रोकरले स्वागत गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटको व्यवस्थाले नेपालको सेयर बजार सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए।

‘यस वर्षको बजेटले नेपालको पुँजी बजारलाई केवल सेयर कारोबारको माध्यमका रूपमा होइन, राष्ट्रिय अर्थतन्त्रको विकास साझेदारका रूपमा स्वीकार गरेको देखिन्छ। सरकारले पुँजी बजार सुधारलाई प्राथमिकतामा राख्दै आधुनिक वित्तीय उपकरण, लगानीकर्ता संरक्षण तथा बजार विस्तारलाई जोड दिनु अत्यन्त सकारात्मक विषय हो,’ ढकालले भने।

बजेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा डेरिभेटिभ उपकरण चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरिएको छ।

ढकालले बजेटमार्फत घोषणा गरिएका व्यवस्थाले बजारलाई प्रतिस्पर्धी बनाउने बताए।