BIZMANDU
www.bizmandu.com

तेस्रो पक्ष बीमांक बढाएर पुर्‍याइयो १० लाख, दुर्घटना र ढुवानी बीमा अनिवार्य

२०८३ जेठ १५

तेस्रो पक्ष बीमांक बढाएर पुर्‍याइयो १० लाख, दुर्घटना र ढुवानी बीमा अनिवार्य
तेस्रो पक्ष बीमांक बढाएर पुर्‍याइयो १० लाख, दुर्घटना र ढुवानी बीमा अनिवार्य


काठमाडौं । सरकारले तेस्रो पक्ष बीमाको बिमांक रकम बढाएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लले बीमांक रकम बढाउने बताएका हुन्।

Tata
GBIME

बजेटको घोषणापछि तेस्रो पक्ष बिमांक रकम अब १० लाख पुर्‍याइएको हो। यसअघि यस्तो रकम ५ लाख रुपैयाँ थियो। ‘लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमांक रू. १० लाख पुऱ्याइनेछ,’ बजेटमार्फत वाग्लेले भने।

यसैगरी, सरकारले दुर्घटना बीमा, घातक रोग र ढुवानी बीमा अनिवार्य गराउने भएको छ। यसले इन्स्योरेन्स कम्पनीको व्यवसायमा वृद्धि हुने देखिन्छ। अहिले सवारी साधनमा तेस्रो पक्ष बीमा अनिवार्य भए पनि अरु बीमा अनिवार्य छैन।

‘सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौँ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्नेछौँ,’ मन्त्री वाग्लेले भने।