BIZMANDU
www.bizmandu.com

जब गोल्डस्टारको जुत्ता लगाएर विदुषी राणाको छेउ पुगे प्रधानमन्त्री बालेन्द्र शाह…

२०८३ जेठ १५

जब गोल्डस्टारको जुत्ता लगाएर विदुषी राणाको छेउ पुगे प्रधानमन्त्री बालेन्द्र शाह…
जब गोल्डस्टारको जुत्ता लगाएर विदुषी राणाको छेउ पुगे प्रधानमन्त्री बालेन्द्र शाह…


काठमाडौं । आज आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गर्न अर्थ मन्त्री स्वर्णिम वाग्ले संयुक्त सदनको बैठकमा पुगे। ४ बजिसकेको थियो। धेरैको नजर भने प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजिरहेको थियो। प्रतिपक्षीहरुले उनलाई हप्तौंदेखि सदनमा खोजिरहे तर उनी उपस्थित नहुँदा आजको खोजी स्वभाविक थियो।

Vigo
GBIME
Tata

सांसदहरु भित्र बैठक कक्षमा हात मिलाउँदै गफ गर्दै थिए। त्यहीँ प्रवेश गरे प्रधानमन्त्री बालेन्द्र शाह। आफ्नो पुरानै अन्दानमा कालो टिसर्टमाथि कोट र सेतो जुत्ता लगाएर उनी सरासर आएर आफ्नो कुर्सीमा बसे।

बजेट भाषण सकियो। त्यसपछि बालेन प्रतिपक्षी दलका नेताहरुसँग हात मिलाउँदै थिए। त्यहीँ भेटिइन् रास्वपा सांसद विदुषी राणा।

राणासँग हाल मिलाउँदै बालेनले भने : मैले आज तपाईंकै जुत्ता लगाएको छु।

राणा उद्यमी पनि हुन्। उनकै कम्पनीले गोल्डस्टार जुत्ता उत्पादन गर्छ। बालेनले गोल्डस्टारकै सेतो स्निकर लगाएका थिए।

त्यसपछि राणा र शाहबीच केही बेर कुरा भयो। र, बालेन संसदबाट निस्किए।