BIZMANDU
www.bizmandu.com

सूचना तथा संचारका लागि बजेटमा ५ अर्ब ९३ करोड विनियोजन

२०८३ जेठ १५

सूचना तथा संचारका लागि बजेटमा ५ अर्ब ९३ करोड विनियोजन
सूचना तथा संचारका लागि बजेटमा ५ अर्ब ९३ करोड विनियोजन


काठमाडौं । सूचना तथा संचार मन्त्रालयका लागि लागि आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

Tata
GBIME

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले छापा तया विद्युतीय संचारमाध्यम बाट हुने विज्ञापनका लागि ३३ करोड र सूचना तथा संचार क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणा विधेक संसदमा पेस गर्ने बताएका छन् । नविनतम प्रविधिको प्रयोगलाई तिव्रता दिँदै गुणस्तरीय दुरसञ्चार सेवाको पहुँच बढाउने उनले बताएका हुन्।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरणास्तरीय टेलिफोन सेवा र नेर्टवक विस्तार गरिने उनले बताएका छन्।

सरकारी मुद्रणको लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभेर एकीकृत सुरक्षण मुद्रण संस्थाको स्थापना गर्ने घोषणा गरिएको छ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायी क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्ने उनले बताए।