BIZMANDU
www.bizmandu.com

१० मेगावाटभन्दा कम क्षमताको जलविद्युत आयोजनाको पीपीए खुलाउने, घटाघटमा खरिद व्यवस्था

२०८३ जेठ १५

१० मेगावाटभन्दा कम क्षमताको जलविद्युत आयोजनाको पीपीए खुलाउने, घटाघटमा खरिद व्यवस्था
१० मेगावाटभन्दा कम क्षमताको जलविद्युत आयोजनाको पीपीए खुलाउने, घटाघटमा खरिद व्यवस्था


काठमाडौं। सरकारले १० मेगावाट भन्दा कम क्षमताको जलविद्युत आयोजनाको पीपीए खुलाउने भएको छ।

GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १० मेगावाट भन्दाकम क्षमताको विद्युत आयोजनाको तत्काल पीपीए गर्ने प्रबन्ध गर्ने बताएका हुन्। आर्थिक वर्ष २०८३/८४ को बजेट शुक्रबार संसद्मा प्रस्तुत गर्दै उनले भने, ‘१० मेगावाट भन्दाकम क्षमताको विद्युत आयोजनाको तत्काल पीपीए गर्ने प्रबन्ध गर्नेछौं।’

गत वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत आयोजनाको पीपीए ‘टेक अर पे’मा गर्ने प्रावधान घोषणा गरेपछि नेपाल विद्युत प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताको आयोजनाको पीपीए रोकेको थियो।

यस्तै, सुक्खायाममा घटाघटमा ऊर्जा खरिद दर निर्धारण गरी विद्युत खरिद गर्ने व्यवस्था मिलाउने बताएका छन्।