BIZMANDU
www.bizmandu.com

सेयर बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर नै अन्तिम हुने घोषणा, लगानीकर्ताको माग पूरा

२०८३ जेठ १५

सेयर बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर नै अन्तिम हुने घोषणा, लगानीकर्ताको माग पूरा
सेयर बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर नै अन्तिम हुने घोषणा, लगानीकर्ताको माग पूरा


काठमाडौं। सरकारले सेयर बजारमा सूचीकृत कम्पनीको सेयर बिक्रीमा लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम हुने घोषणा गरेको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार संघीय ससदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

‘सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको छु,’ वाग्लेले भने। १५ दिनअघि सेयर लगानीकर्ताले अर्थमन्त्री वाग्लेलाई भेटेर सेयर बिक्रीमा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम हुने व्यवस्था गरिदिन आग्रह गरेका थिए। त्यो भेटमा अर्थमन्त्री वाग्लेले लगानीकर्ताको माग संबोधन गर्ने आश्वासन दिएका थिए।

नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकालले बजेटमा आएको व्यवस्थाले लामो समयदेखिको विवाद अन्त्य भएको बताउँदै यसले लगानीकर्तालाई स्पस्ट दिशाबोध गरेको बताए।

‘हामीले यो व्यवस्था गरिदिन पहिलाका धेरै अर्थमन्त्रीलाई आग्रह गरेका थियौं। तर, यो पटक अर्थमन्त्रीज्यूले पुँजी बजारलाई प्राथमिकतामा राखेर संबोधन गरिदिनुभएको छ,’ उनले बिजमाण्डूसँग भने, ‘यसले बजारलाई चलायमान बनाउँछ।’