BIZMANDU
www.bizmandu.com

वीरगंजबाट १० महिनामा ८८ अर्ब बराबरको सामान निर्यात, ६ अर्बको फलफूलको रस बाहिरियो

२०८३ जेठ १५

वीरगंजबाट १० महिनामा ८८ अर्ब बराबरको सामान निर्यात, ६ अर्बको फलफूलको रस बाहिरियो
वीरगंजबाट १० महिनामा ८८ अर्ब बराबरको सामान निर्यात, ६ अर्बको फलफूलको रस बाहिरियो

काठमाडौं । वीरगंज भन्सारबाट चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन्।

Tata
GBIME

गत आर्थिक वर्षको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले बताए।

चालु आर्थिक वर्षको १० महिनामा ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, ५ अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल र ६ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ।

यसैगरी ३ अर्ब ३ करोडका कपडा तथा २ अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको छ।