BIZMANDU
www.bizmandu.com

तराई र पहाडका केही क्षेत्रमा वर्षासहित हुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ जेठ १५

तराई र पहाडका केही क्षेत्रमा वर्षासहित हुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
तराई र पहाडका केही क्षेत्रमा वर्षासहित हुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडौं । आज पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको।

Tata
GBIME

तराई भूभागमा आंशिक बदली भएको जनाइएको छ। कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भूभागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने जनाइएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना छ।

त्यसैगरी, आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।

सुदूरपश्चिम, लुम्बिनी, कर्णाली तथा बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

केही तराई तथा पहाडी क्षेत्रमा हुरीको सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।