BIZMANDU
www.bizmandu.com

भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा, नेपालले आजै इरानसँग भिड्ने

२०८३ जेठ १४

भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा, नेपालले आजै इरानसँग भिड्ने
भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा, नेपालले आजै इरानसँग भिड्ने


काठमाडौं। काजकिस्तान काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आज सम्पन्न पहिलो सेमिफाइनलमा उपाधि दाबेदारमध्येमा हेरिएको भारतलाई सोझो सेटमा हराएर कजाकिस्तानले फाइनलमा स्थान बनाएको हो।

Tata
GBIME
काजकिस्तानका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

खेलभर दबदबा बनाएको कजकिस्तानले पहिलो सेट २५-२१ को प्रतिस्पर्धात्मक जित निकालेको थियो। त्यसपछिका दुई सेटमा भने काजकिस्तान एकोहोरो हाबि भयो। दोस्रो सेट उसले २५-१७ र तेस्रो सेट २५-१४ ले जित्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

काजकिस्तान र भारतका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

दोस्रो सेमिफाइनलमा नेपालले आजै इरानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र इरान दुबै फाइनलको लक्ष्यमा रहनेछन्। इरान वरीयतामा बलियो टोली हो भने नेपाललाई घरेलु मैदानको फाइदा हुनेछ। यो खेल ५ बजे त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुनेछ।