BIZMANDU
www.bizmandu.com

डीडीसीमा सीआइबीको छापा, कर्मचारीको मोबाइलदेखि कागजपत्रसम्म नियन्त्रणमा

२०८३ जेठ १३

डीडीसीमा सीआइबीको छापा, कर्मचारीको मोबाइलदेखि कागजपत्रसम्म नियन्त्रणमा
तस्विर : सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं । प्रहरीले दूग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित कार्यालयमा छापा मारेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिइआबी) को टोलीले बुधबार कार्यालय पुगेर छापा मारेको हो।

Tata
GBIME

प्रहरीले कर्मचारीको मोबाइलदेखि केही ‘डिभाइस’हरु नियन्त्रणमा लिएको छ। त्यस्तै, कार्यालयका केही कागजपत्रहरु समेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

‘बक्यौताको विषय पनि आइरहेको छ। त्यसमा पनि अनुसन्धान भइरहेकाले आज त्यहाँ पुगेर केही कागजपत्र लिएको हो,’ ब्यूरोका एक प्रहरीले भने।

झन्डै २ वर्षअघि देखि सीइआबीमा डिडिसीको दूध खरिद विषय, किसानको मौज्दात रकम लगायत विषयमा उजुरी परेको थियो।

जेठ १ गते प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीको याक चिज खाएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि चिजको माग बढेको चर्चा चलेको छ।

डीडीसीले किसानले दूध बेचेको बक्यौता दुई महिनाभित्र भुक्तानी गर्ने भएको बताएको थियो। तर, किसानले बक्यौता रकम पाएका छैनन्। पछिल्लो चार महिनामा करिब ५८ करोड रुपैयाँ बक्यौतामा १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।