BIZMANDU
www.bizmandu.com

डिजिटल रूपान्तरणका लागि नेपाललाई सहयोग गर्न आईटीयू इच्छुक, सञ्चारमन्त्रीले के भने?

२०८३ जेठ १३

डिजिटल रूपान्तरणका लागि नेपाललाई सहयोग गर्न आईटीयू इच्छुक, सञ्चारमन्त्रीले के भने?
डिजिटल रूपान्तरणका लागि नेपाललाई सहयोग गर्न आईटीयू इच्छुक, सञ्चारमन्त्रीले के भने?

काठमाडौं। डिजिटल रूपान्तरण र कानुनी सुधारका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार संघले नेपाललाई सहयोग गर्ने चाहना व्यक्त गरेको छ।

Vigo
GBIME
Tata

संघका दक्षिणपूर्व एशिया तथा एशिया प्रशान्त क्षेत्रका प्रतिनिधि किशोर बाबु येराबल्लाले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँगको शिष्टाचार भेटवार्तामा

विशेषगरी डिजिटल पूर्वाधार विस्तार, क्षमता अभिवृद्धि, कानुनी तथा नियामक सुधार र ग्रामीण क्षेत्रमा डिजिटल पहुँच विस्तारमा सहकार्य गर्न सकिने येराबल्लाको भनाइ थियो।

सञ्चारमन्त्री तिमिल्सिनाले नेपालजस्तो दुर्गम तथा जटिल भौगोलिक संरचना भएको मुलुकमा सर्वसुलभ डिजिटल पहुँच विस्तार चुनौतीपूर्ण भए पनि त्यसलाई दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा अघि बढाएको र अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्न सरकार तयार रहेको बताए।