BIZMANDU
www.bizmandu.com

सडक विस्तार भएर पुग्यो ३७ हजार किलोमिटर, ५६ प्रतिशत कालोपत्रे, २१% ग्रावेल

२०८३ जेठ १३

सडक विस्तार भएर पुग्यो ३७ हजार किलोमिटर, ५६ प्रतिशत कालोपत्रे, २१% ग्रावेल
तस्बिर : रासस।


काठमाडौं। सरकारले २० हजार ४५६ किलोमिटर सडक कालोपत्रे गरेको छ।

Tata
GBIME

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधि सभाको बैठकमा पेस गरेको आर्थिक सर्वेक्षण अनुसार हालसम्म २० हजार ४५६ किलोमिटर सडक कालोपत्रे गरिएको हो।

हालसम्म रणनीतिक र स्थानीय सडक सञ्जाल ३६ हजार ८०६ किलोमिटर पुगेको छ। त्यसमध्ये २० हजार ४५६ किलोमिटर सडक कालोपत्रे गरिएको हो। ७ हजार ६०२ किलोमिटर सडक ग्रावेल गरिएको छ। ८ हजार ७४८ किलोमिटर भने कच्ची सडक हो। सडक ५ वर्षमा ३ हजार ५६२ किलोमिटरले वृद्धि भएको छ। २०७७ फागुनसम्म ३३ हजार २४४ किलोमिटर सडक बनेको थियो।

भौतिक पूर्वाधार क्षेत्रमा सार्वजनिक लगानी क्रमशः बढ्दै गएसँगै सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व १३८.७ मिटर प्रति वर्ग किलोमिटर पुगेको छ। मुलुकभर कुल १ लाख ४ हजार ९ सय ६ किलोमिटर सडक विस्तार भएको छ।