काठमाडौं । चालु आर्थिक वर्ष सबै प्रदेशको आर्थिक वृद्धिदर बढ्ने अनुमान सरकारले गरेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गर्दै सरकारले बागमती प्रदेश र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ३.८५ प्रतिशत भन्दा कम रहने अनुमान गरेको हो।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड रुपैयाँ रहेको जनाइएको छ। जसमध्ये बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.२ प्रतिशत रहने अनुमान रहेको सर्वेक्षणमा उल्लेख छ।

त्यस्तै, चालु आर्थिक वर्षमा प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान मधेश प्रदेशमा सबैभन्दा बढी ३५.१ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ११.८ प्रतिशत रहेको छ।
द्वितीयक क्षेत्रको योगदान गण्डकी प्रदेशमा सबैभन्दा बढी १८.४ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ९.९ प्रतिशत रहेको छ।

सेवा क्षेत्रको योगदान बागमती प्रदेशमा सबैभन्दा बढी ७६.५ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ४९.९ प्रतिशत रहेको छ।