BIZMANDU
www.bizmandu.com

वन पैदाबार उपयोग गर्ने सरकारको योजना, ‘आगामी वर्ष एक खर्बको काठ बेच्ने लक्ष्य छ’

२०८३ जेठ १३

वन पैदाबार उपयोग गर्ने सरकारको योजना, ‘आगामी वर्ष एक खर्बको काठ बेच्ने लक्ष्य छ’
वनमन्त्री गीता चौधरी सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै


काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष एक खर्बको काठ बेच्ने बताएको छ।

Tata
GBIME

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको बुधबार जवाफ दिने क्रममा आगामी आर्थिक वर्ष एक खर्ब रुपैयाँको काठ बेच्ने लक्ष्य लिएको बताइन्।

‘आगामी आर्थिक वर्ष एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ। यसले नेपाली बजारको माग मात्र पूरा नगरी विदेशमा निर्यात समेत हुनेछ,’ उनले भनिन्।

मन्त्री चौधरीका अनुसार सबै प्रकारका वनबाट वार्षिक करिब ३ करोड घनफिट काठ उत्पादन हुन्छ। उनले आफूले गत चैत २८ गते स्वदेशी काठ प्रयोगलाई प्राथमिकता दिने निर्णय गरिसकेको जानकारी दिइन्। नेपालमा हाल वनले ओगटेको क्षेत्र ४६.०८ प्रतिशत पुगेको छ।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सरकारको नीतिमा प्रश्न उठाएकी थिइन्। ‘आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्र्याउन सजिलैसँग एलसी खुल्ने गर्छ, यो कस्तो किसिमको नीति हो?,’ उनले भनिन्।

उनलेआयात रोकेर स्वदेशी काठको उपयोग गर्नुपर्नेमा जोड दिएकी थिइन्।