BIZMANDU
www.bizmandu.com

पूर्वाधार विकास विभागमा १२०० नयाँ योजना, सांसदका योजनामा ३० करोडसम्म बजेट

२०८३ जेठ १३

पूर्वाधार विकास विभागमा १२०० नयाँ योजना, सांसदका योजनामा ३० करोडसम्म बजेट
पूर्वाधार विकास विभागमा १२०० नयाँ योजना, सांसदका योजनामा ३० करोडसम्म बजेट


काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष स्थानीय पूर्वाधार विकास विभागमार्फत ७०० वटा पुल र ५०० वटा सडकका नयाँ योजना कार्यान्वयन गर्ने भएको छ।

Tata
GBIME

पूर्वाधार विकास मन्त्रालयले विभागमार्फत कार्यान्वयन गर्ने गरी पुलका ७०० वटा र सडकका ५०० वटा नयाँ योजना बजेटमा समावेश गर्ने पक्का भएको छ। मन्त्रालय स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा पुल र सडकका योजना बजेटमा राख्न लागिएको हो।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सांसदहरुसँग ३ वटा पुल र ३ वटा सडक योजना मागेका थिए। उनले सांसदहरुलाई राजमार्गलाई जोड्ने गरी सडक र पुलका योजना प्रस्ताव गर्न भनेका थिए।

सांसदको सिफारिस बाहेकका सडक र पुल राख्दा विभागमार्फत कार्यान्वयन गरिने योजनाको संख्या १२०० पुगेको स्रोतले बतायो। स्थानीय तहलाई राजमार्गसँग जोड्ने रणनीतिक सडक र पुलका योजना धेरै छन्।

स्रोतका अनुसार एक सांसदका योजनामा ३० करोड रुपैयाँसम्म बजेट छुट्या‌इएको छ।