काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरण निर्धारण गरेको छ। जसअन्तर्गत पुरुषतर्फ पाँचवटा क्याटागोरी राखिएको छ।
ए प्लस क्याटागोरीमा दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछाने छन्। यी तीन खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ।
त्यस्तै, ए क्याटागोरीमा चार खेलाडी छन्। सोमपाल कामी, करण केसी, आशिफ शेख र कुशल भुर्तेल यसमा छन्। उनीहरुले मासिक १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
‘बी’ क्याटागोरीमा पाँच खेलाडी छन्। ललित नारायण राजवंशी, आरिफ शेख, गुल्सन झा, भीम सार्की र नन्दन यादव छन्। यी खेलाडीले ७५ हजार मासिक प्राप्त गर्नेछन्।
‘सी’ क्याटागोरीमा ११ खेलाडी छन्। सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसीर अहमद, लोकेश बम, शहाब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिलकुमार साह छन्। उनीहरुले मासिक ५५ हजार प्राप्त गर्नेछन्।
यसमा ‘डी’ क्याटागोर पनि ‘डेभलबमेन्ट’ भनेर राखिएको छ। यसमा १५ जना खेलाडी छ। तृतराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिस जिसी र सागर ढकाल छन्। उनीहरुले मासिक ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यसबाहेक नेपाली सिनियर टोलीका खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा प्रतिखेल १० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आज खेलाडी वर्गीकरण सार्वजनिक गर्दै टी-२० र ओडीआईको म्याचफी तोकेको हो।
काठमाडौं। नेपाली सिनियर टोलीका खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा प्रतिखेल १० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आज खेलाडी वर्गीकरण सार्वजनिक गर्दै टी-२० र ओडीआईको म्याचफी तोकेको हो।
जसअन्तर्गत महिला र पुरुष दुबै टोलीका खेलाडीले खेलेको हरेक टी-२० अन्तर्राष्ट्रिय वापत १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, हरेक ओडीआई खेल वापत १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। ओडीआई मान्यता भने नेपाली महिला टोलीको छैन।