BIZMANDU
www.bizmandu.com

सेयर बजार २७.८५ अंक बढेर २७८६.३५ अंकमा, ५ अर्ब ९८ करोडको कारोबार

२०८३ जेठ ११

सेयर बजार २७.८५ अंक बढेर २७८६.३५ अंकमा, ५ अर्ब ९८ करोडको कारोबार
सेयर बजार २७.८५ अंक बढेर २७८६.३५ अंकमा, ५ अर्ब ९८ करोडको कारोबार


काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक सोमबार २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको छ। कारोबारमा आएका म्युचुअल फण्ड बाहेक सबै उपसमूहले बजार बढाएका हुन्।

Vigo
GBIME
Tata

जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.५० प्रतिशतले बढेको छ। बजारमा २३५ कम्पनीको सेयर मूल्य बढेको छ। थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.०१ प्रतिशत बढेको छ।

सोमबार सूचकसँगै सेयर कारोबार रकम पनि बढेको छ। नेप्से परिसूचक दोहोरो अंक बढ्दा ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ६० करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, बजारमा रिडी पावरको ३० करोड १७ लाख, अपी पावरको १८ करोड ४० लाख र नेसनल हाइड्रोपावरको १५ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा सेयरमूल्य घटेका २८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १०.३२ प्रतिशत घटेको छ।