BIZMANDU
www.bizmandu.com

आयोन गाडीको नयाँ फ्ल्यागसिप शोरुम थापाथलीमा पूर्णरूपमा सञ्चालनमा, ग्राहकले सबै सेवा पाउने

२०८३ जेठ ११

आयोन गाडीको नयाँ फ्ल्यागसिप शोरुम थापाथलीमा पूर्णरूपमा सञ्चालनमा, ग्राहकले सबै सेवा पाउने
आयोन गाडीको नयाँ फ्ल्यागसिप शोरुम थापाथलीमा पूर्णरूपमा सञ्चालनमा, ग्राहकले सबै सेवा पाउने

काठमाडौं। सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आयोन गाडीको नयाँ फ्ल्यागसिप शोरुम पूर्णरूपमा सञ्चालनमा ल्याएको छ।

Vigo
GBIME
Tata

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार एक समारोहबीच शोरुम उद्‍घाटन गरेका छन्। उद्‍घाटन समारोहमा आयोनका प्रतिनिधि पनि सहभागी थिए।

शोरुममा ग्राहकले आयोनका सम्पूर्ण मोडल सहजरूपमा अवलोकन गर्न, ब्रान्डको प्रत्यक्ष अनुभव लिन र गाडी किनेपछिको सेवा प्राप्त गर्न सक्नेछन्।

सीजी मोटर्सले शोरुम उद्‌घाटनलाई नेपालमा स्मार्ट, स्वच्छ र प्रिमियम मोबिलिटीको नयाँ यात्राको सुरुवात भनेको छ। आयोनको फ्ल्यागसिप शोरुममार्फत कम्पनीले इभी बजारमा आफ्नो उपस्थिति बढाउने लक्ष्य लिएको छ।

ग्राहकलाई अत्याधुनिक विद्युतीय सवारी, प्रिमियम ब्रान्ड अनुभव, बिक्रीपछिको उत्कृष्ट सेवा र सशक्त चार्जिङ सपोर्ट आफ्नो उद्देश्य भएको कम्पनीले जनाएको छ। सीजी मोटर्सले हाल नेपालका २६० भन्दा बढी स्थानमा चार्जिङ सेवा उपलब्ध गराउँदै आएको छ।