BIZMANDU
www.bizmandu.com

दक्षिण कोरिया जान पाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन

२०८३ जेठ ११

दक्षिण कोरिया जान पाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन
दक्षिण कोरिया जान पाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन


काठमाडौं । दक्षिण कोरिया जान पाउनुपर्ने माग राख्दै आज राजधानीमा प्रदर्शन गरिएको छ। भाषा परीक्षा पास भएर दक्षिण कोरिया जान नपाएका युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

Vigo
GBIME
Tata

रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा परीक्षा पास गरेका युवाहरुले विभिन्न माग राख्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।

इपीएसअन्तर्गत भाषा परीक्षा पास गरेकै आधारमा कोरिया जान पाउने ग्यारेण्टी हुँदैन। भाषा परीक्षा पास गर्नेहरुलाई रोस्टरमा राखिन्छ।

कोरियाका रोजगारदाताले रोस्टरबाट छनोट गरेर आफूलाई चाहिने श्रमिक लान्छन्। युवाहरुले भाषा परीक्षाका लागि आफूहरुले धेरै मिहेनत र लगानी गरेको अवस्थामा रोस्टरको अवधि बढाउनुपर्ने माग गरिरहेका छन्। तर, यो नेपालको तर्फबाट सम्भव हुने विषय होइन।