BIZMANDU
www.bizmandu.com

बाजुरा र हुम्लाको सीमा विवाद अध्ययन गर्न समिति गठन, नापी विभागका डंगोल संयोजक

२०८३ जेठ १०

बाजुरा र हुम्लाको सीमा विवाद अध्ययन गर्न समिति गठन, नापी विभागका डंगोल संयोजक
बाजुरा र हुम्लाको सीमा विवाद अध्ययन गर्न समिति गठन, नापी विभागका डंगोल संयोजक


काठमाडौं। सरकारले बाजुरा र हुम्लाको सीमा विवादबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ।

Tata
GBIME

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आइतबार सिंहदरबारमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतको उपस्थितिमा बैठक राखेर समिति गठन गरेकी हुन्।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र भूमि मन्त्रालय तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य छन्। समितिमा नापी विभागका निर्देशकलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ।

हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र (रानीसैन)मा केही दिनअघि ठूलो झडप भएको थियो। हुम्लाको खार्पुनाथको राय र थाली गाउँका बासिन्दाले ठूलो संख्यामा आएर बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गरेका थिए। त्यति मात्र होइन रानीसैन क्षेत्र घुम्न गएका धनगढी उपमहानगरका मेयर गोपाल हमाल लगायतका पर्यटक लखेटिएका थिए।