BIZMANDU
www.bizmandu.com

बैंकिङ कसुर मुद्दामा फरार सिंह काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा

२०८३ जेठ १०

बैंकिङ कसुर मुद्दामा फरार सिंह काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा
बैंकिङ कसुर मुद्दामा फरार सिंह काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा एक जना फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

Tata
GBIME

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, ‘जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका सिंहलाई हाम्रो टोलीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो।’

पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए। रासस