BIZMANDU
www.bizmandu.com

एसियन गेम्स छनोटका लागि नेपाली टोलीको घोषणा, ऐरीको कप्तानीमा रोहित फर्किए टिममा

२०८३ जेठ १०

एसियन गेम्स छनोटका लागि नेपाली टोलीको घोषणा, ऐरीको कप्तानीमा रोहित फर्किए टिममा
एसियन गेम्स छनोटका लागि नेपाली टोलीको घोषणा, ऐरीको कप्तानीमा रोहित फर्किए टिममा


काठमाडौं। एसियन गेम छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

Tata
GBIME

क्यानले यूएईसँगको सिरिजबाट टी-२० फर्म्याटमा ऐरीलाई कप्तानको जिम्मेवारी दिएको थियो। त्यसबेला रोहित टोलीमै परेका थिएनन्। यो छनोटबाट भने रोहितले ऐरीको कप्तानीमा खेल्नेछन्।

नेपाली टोलीमा नेपाल ‘ए’ बाट राम्रो प्रदर्शन गरिरहेका सन्दीप जोरा, कुशल मल्ल, शाहब आलम र शेर मल्ल टोलीमा फर्किएका छन्। त्यस्तै, टी-२० ब्याटर लोकेश बम र आशिफ शेख विकेटकिपर ब्याटरका रुपमा रहनेछन्। टी-२० मै प्रभावशाली मानिने गुल्सन झा र ललित राजवंशी टोलीमा छैनन्।

नेपाल एसियन गेम्स छनोटको समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित मलेसिया, कतार र चीन छन्। त्यस्तै, समूह ‘बी’मा ओमन, हङकङ, बहराइन र सिंगापुर छन्। दुबै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् र यसबाट फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।  

नेपाली टोली

दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, शाहब आलम, शेर मल्ल