काठमाडौं । सडक विभागले प्रस्ताव गरेको लाशिक्यापे-धो सडक नयाँ निर्माण तथा स्तरोन्नति गर्ने कुरा अगाडि बढाइने भएको छ। सरकारले यसका लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययन पनि गराएको छ।
यो सडक डोल्पाको लाशिक्यापबाट डोल्पो बुद्धसम्म जान्छ। यसको लम्बाई ३७.५ किलोमिटरको रहेको छ। यो सडक भेरी करिडोर जाजरकोट-दुनै-मरिम-तिन्जे-धो अन्तर्गतको हो। यो खण्ड निर्माणपछि ८.५ मिटर चौडाइसहितको कालोपत्र सडक तयार हुनेछ।
यस सडक खण्डलाई लाशिक्यापदेखि कलाङ २२.७ किलोमिटर नयाँ सडक निर्माण तथा कलाङदेखि धो १४.८ किलोमिटर स्तरोन्नति गरी २ लेनको बनाइ कालोपत्रे गर्न प्रस्तावित गरिएको छ।
आयोजनाका अनुसार यसमा ४ वटा पुल, स्ल्याब कल्भर्ट २ , पाइप कल्भर्ट १०४ र ग्याबियन पर्खाल ८२९० घन मिटरको हुनेछ। सडक ३० मिटरको हुनेछ भने क्यारिजवे ७ मिटरको हुनेछ। यसको लागत १ अर्ब ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।