BIZMANDU
www.bizmandu.com

स्याटलाइट प्रविधिमार्फत ३८ दुर्गम स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा

२०८३ जेठ १०

स्याटलाइट प्रविधिमार्फत ३८ दुर्गम स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा
स्याटलाइट प्रविधिमार्फत ३८ दुर्गम स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा


काठमाडौं । नेपाल टेलिकमले विकट तथा दुर्गम स्थानहरुमा स्याटलाइट प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको छ। टेलिकमले देशका विभिन्न ठाउँहरुमा जीएसएम मोबाइल तथा भीरवाट टेलिसेन्टर उपकरण जडान गरेर टुजी प्रविधिमा आधारित जीएसएम मोबाइल, टेलिफोन र डेटा सेवा प्रदान गर्दै आएको जनाएको हो।

Tata
GBIME

चालु आर्थिक वर्षमा डोल्पा जिल्लाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो रोल्पा पदमार्ग रहेको दोलखाको ना गाउँ र गोसाईकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनवारी गरी चार स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल सेवा विस्तार गरेको टेलिकमले जानकारी दिएको छ।

हाल नेपाल टेलिकमले यस्ता विभिन्न ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ। यो प्रविधि सबैभन्दा बढी प्रयोग डोल्पामा भएको छ। यहाँका १४ स्थानमा यो प्रविधि चलिरहेको छ।

डोल्पाको छाका ताङसोड, छार्का, धी, घुन्सापास, कलाङ, मुकोट, निजाल,फोक्सुन्डो, साल्वाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउंमा यो प्रविधि चलिरहेको हो।

यससँगै हुम्लाको गोठी, गया, रोडीकोट, श्रीनगर र श्रीमस्ट तथा मुगुको मुगुगार्ड, पुलु रारा मुर्गा, सोरुकोट र भी गरी पाँच/पाँच स्थानमा पनि यसको साइट रहेको छ। मनाङको भिमवाड, फ र नार, दोलखाको बेदिङ र ना-गार्ड (छो-रोल्पा, लाप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरछेप र मोन्नु रसुवाको गोसाईकुण्ड र चन्दनबारी तथा दार्चुलाको टिकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा पनि यस्ता साइट रहेका छन् ।

नेपाल टेलिकमले शहरी र सुगम क्षेत्रमा मात्र नभई भौगोलिक हिसाबले देशभरका अत्यन्त विकट तथा जनसंख्याको कोणबाट निकै कम मानिसहरु रहने दुर्गम वस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि भिस्याट प्रविधिको प्रयोग गरिरहेको जनाएको छ।

दुर्गम वस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकप्टरबाट उपकरण र सामानहरु ओसारेर समेत दूरसञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको पनि जनाएको छ।

नेपाल टेलिकमले व्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत यी कार्य भइरहेको जनाएको छ।