BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ट्विस्ट, ढकालको समर्थन संघईलाई

२०८३ जेठ ८

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ट्विस्ट, ढकालको समर्थन संघईलाई
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ट्विस्ट, ढकालको समर्थन संघईलाई


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको निर्वाचनमा नयाँ ट्विस्ट आएको छ।

Tata
GBIME
Nepal Life

हेमराज ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी फिर्ता लिँदै रामचन्द्र संघईलाई समर्थन गरेपछि राजनीतिमा ट्विस्ट आएको हो।

योसँगै महासंघका अध्यक्ष अन्जन श्रेष्ठलाई दबाब परेको छ। उनले वरिष्ठ उपाध्यक्षमा समर्थन गरेका सुरकृष्ण वैद्यलाई प्रतिस्पर्धा कठिन हुने देखिएको छ। केही दिनदेखि ढकाल र वैद्यबीच सहमतिको प्रयास भइरहेको थियो।

स्रोतका अनुसार बिहीबार साँझ महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले भरत आचार्य र हेमराजबीच छलफल गराएका थिए। त्यो छलफलमा आचार्यले हेमराजलाई समर्थन गरेका थिए। ढकालले गरेको त्यही छलफल ब्रेकथ्रु बनेको स्रोतले बतायो।

स्रोतका अनुसार त्यहाँको छलफलपछि बूढानीलकण्ठको लेमन ट्री होटलमा ‘गेट टुगेदर’ राखिएको थियो। त्यो ‘गेट टुगेदर’मा महासंघका एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे, हेमराज र संघईबीच छलफल भएको थियो।

राती अबेरसम्म भएको छलफल सकारात्मक भए पनि उमेदवारी दिने/नदिने निर्णय हुन सकेको थिएन। स्रोतका अनुसार शुक्रबार बिहान पनि संघई सहमतिका लागि छलफलमा बसेका थिए।

महासंघको केन्द्रीय कार्यालय टेकु नजिकको होटलमा केही पूर्वअध्यक्षसँगको छलफलमा संघई हेमराजलाई सहमतिमा ल्याउन सफल भएका थिए।