BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छान्न आयो निर्वाचन तालिका, उम्मेदवारी शुल्क ५ लाख

२०८३ जेठ ८

एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छान्न आयो निर्वाचन तालिका, उम्मेदवारी शुल्क ५ लाख
एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छान्न आयो निर्वाचन तालिका, उम्मेदवारी शुल्क ५ लाख


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन तालिका प्रकाशित भएको छ।

Tata
GBIME
Nepal Life

तालिका अनुसार उम्मेदवारी दर्ताका लागि अपराह्न १:२० देखि १:४५ बजेसम्मको समय तोकिएको छ। अपराह्न २:३० देखि ३:३० सम्म मतदानको समय तोकिएको छ।

वरिष्ठ उपाध्यक्षका लागि ५ लाख र कोषाध्यक्षका लागि तीन लाख रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकालले प्रतिस्पर्धा गर्दैछन्।

सुरकृष्ण अध्यक्ष अन्जन श्रेष्ठका उम्मेदवार हुन्। संघईलाई एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेको समूहले अगाडि सारेको हो। वरिष्ठ उपाध्यक्षको उम्मेदवारलाई लिएर अन्जन र प्रबलजंगको समूह फुटेको छ। वैशाख तेस्रो साता भएको साधारण सभामा अन्जन र प्रबलजंग एक ठाउँमा थिए।

कोषाध्यक्षमा अन्जनले मनिषलाल प्रधानलाई अगाडि सारेका छन्। मनिषलाललाई शुक्रबार नै केन्द्रीय कार्यकारिणी समितिको सदस्य मनोनीत गरिएको छ। प्रबलजंगको समूहले अम्बिकाप्रसाद पौडेललाई कोषाध्यक्ष बनाउन चाहेको छ।