BIZMANDU
www.bizmandu.com

बजारमा बढ्यो स्मार्टफोनको व्यापार, १० महिनामा १८ लाख ६३ हजार थान आयात

२०८३ जेठ ८

बजारमा बढ्यो स्मार्टफोनको व्यापार, १० महिनामा १८ लाख ६३ हजार थान आयात
बजारमा बढ्यो स्मार्टफोनको व्यापार, १० महिनामा १८ लाख ६३ हजार थान आयात


काठमाडौं। किस्ताबन्दीको सहज सुविधाले बजारमा स्मार्टफोनको माग बढेपछि व्यापारीले आयात बढाएका छन्।

Vigo
GBIME
Tata

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८ हजार २१५ थान बढी स्मार्टफोन भित्रिएको छ।

मोबाइल फोन इम्पोटर्स एसोसियसनका उपाध्यक्ष सञ्जय अग्रवालले बजारमा प्रिमियम र महँगा फोनको माग बढेको बताए । ‘सबै ब्रान्डले ईएमआई सुविधा सुरु गरेका छन्। किस्ताबन्दीको सहज व्यवस्थाले गर्दा उपभोक्तालाई एकैपटक धेरै रकम तिर्नुपर्ने बाध्यता हटेको कारणले गर्दा नै मार्केट ग्रो भएको हो,’ उनले भने।

विभागको तथ्यांक अनुसार यो आर्थिक वर्ष १० महिनामा १८ लाख ६३ हजार ८ सय ६९ थान फोन भित्रिएको छ। त्यसमध्ये १ लाख ८९ हजार ६२० थान स्मार्टफोन वैशाखमा भित्रिएको हो। ती स्मार्टफोन ५ अर्ब ५६ करोड ८७ लाख ६० हजार रुपैयाँ मूल्यका हुन्।

गत आर्थिक वर्ष १० महिनामा १७ लाख ८५ हजार ६५४ थान स्मार्ट फोन भित्रिएको थियो।

विभागका अनुसार १० महिनामा ३९ अर्ब ३९ करोड १३ लाख ३५ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ। त्यसमध्ये २९ अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरका स्मार्टफोन चीनबाट ल्याइएको हो।

गत आर्थिक वर्ष १० महिनामा २८ अर्ब ७६ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको फोन आयात भएको थियो।

स्मार्टफोन आयातबाट यो आर्थिक वर्ष ७ अर्ब ३४ करोड ७३ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। पोहोर सोही अवधिमा ५ अर्ब ३६ करोड २९ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।