BIZMANDU
www.bizmandu.com

कालिन्चोक हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ३०० रुपैयाँसम्म

२०८३ जेठ ८

कालिन्चोक हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ३०० रुपैयाँसम्म
कालिन्चोक हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ३०० रुपैयाँसम्म

काठमाडौं। कालिन्चोक हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच सेयर सूचीकरणबारे सम्झौता भएको हो।

GBIME
Tata

हाइड्रोपावरको ५५ लाख कित्ता सेयर नेप्सेमा थपिएको छ। सूचीकृत सेयरमध्ये १३ लाख ७५ हजार कित्ता अर्थात् २५ प्रतिशत सेयर सर्वसाधारणमा वितरण गरिएको छ।

बाँकी ४१ लाख २५ हजार कित्ता अर्थात् ७५ प्रतिशत संस्थापक समूहको सेयर हो। नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आइपीओ जेठ ११ देखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १०० देखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ।