BIZMANDU
www.bizmandu.com

कालंगा हाइड्रोपावरको २८ करोड ७० लाख रुपैयाँको आइपीओ निष्कासन

२०८३ जेठ ८

कालंगा हाइड्रोपावरको २८ करोड ७० लाख रुपैयाँको आइपीओ निष्कासन
कालंगा हाइड्रोपावरको २८ करोड ७० लाख रुपैयाँको आइपीओ निष्कासन


काठमाडौं । कालंगा हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको छ। हाइड्रोपावरले पहिलो चरणमा स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेकाहरुलाई वितरण गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको २५ प्रतिशले हुन आउने ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता सेयर निष्कासन अनुमति पाएकामा सर्वसाधारणलाई २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता सेयर छुट्याएको छ।

लगानीकर्ताले १० देखि २० हजार कित्ताका लागि अंकित मूल्य १०० रुपैयाँ दरमा जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीले संचालन गरेको १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।