काठमाडौं । नासा सेक्युरिटिजले आफ्नो नयाँ स्तरको डिजिटल ट्रेडिङ तथा लगानी प्लेटफर्म ‘अपग्रेडेड नासा एक्स सेल्फ सर्भिस एप’ सार्वजनिक गरेको छ।
आधुनिक लगानीकर्ताका लागि अझ राम्रो प्रयोग अनुभव, उच्च सुरक्षा तथा शक्तिशाली ट्रेडिङ उपकरण प्रदान गर्ने उद्देश्यले तयार गरिएको यो एप अब अझ स्मार्ट, छिटो र प्रभावकारी बनेको कम्पनीको भनाइ छ।
अपग्रेड गरिएको नासा एक्स एपले डिजिटल रूपान्तरण र लगानीकर्ता सशक्तीकरणप्रतिको नासा सेक्युरिटिजको निरन्तर प्रतिबद्धतालाई झल्काउने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। यसमा सहज ट्रेडिङ, सरल नेभिगेसन तथा उन्नत बजार विश्लेषणका सुविधाहरू समावेश गरिएका जनाइएको छ।
पूर्ण रूपमा नयाँ युजर इन्टरफेस, उन्नत अर्डर प्लेसमेन्ट प्रणाली तथा बायोमेट्रिक लगइन, एएमओ अर्डर प्लेसमेन्ट, टिकट जेनेसेसन सपोर्ट, हिटम्याप्स र मोबाइल चार्टिङ टुल्स जस्ता सुविधाले नासा एक्सलाई अझ भरपर्दो र प्रभावकारी सेल्फ सर्भिस इकोसिस्टम बनाएको कम्पनीको भनाइ छ।
नयाँ युजर इन्टरफेसमा छिटो नेभिगेसनसहित उत्कृष्ट अनुभव प्राप्त गर्न सकिने जनाइएको छ। रेसपोन्सिभ एआईले ट्रेडिङ तथा अकाउन्ट म्यानेजमेन्टलाई पहिलेभन्दा सजिलो बनाएको कम्पनीले जनाएको छ। युआई अपग्रेडले नयाँ लगानीकर्ता तथा सक्रिय ट्रेडर दुवैलाई सहज प्रयोग अनुभव प्रदान गर्ने भनिएको छ।
त्यस्तै, बायोमेट्रिक लगइनलाई थप सुरक्षित बनाइएको छ। फिन्गरप्रिन्ट र फेस रिकगनिसनबाट एपमा लगइन गर्न सकिन्छ।
अपग्रेड गरिएको एपको सबैभन्दा प्रतीक्षित सुविधामध्ये आफ्टर मार्केट अर्डर सेवा हो। यस सुविधामार्फत प्रयोगकर्ताले बजार बन्द भएको समयमा पनि खरिद र बिक्रीको अर्डर राख्न सक्नेछन्। यो सुविधा विशेष गरी वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ।
यससँगै, ग्राहक सेवाको प्रभावकारिता बढाउन इन्टिग्रेटेड टिकट जेनेरेसन सिस्टम थप गरिएको छ। त्यस्तै, नयाँ नासा एक्स एपमा हिटम्याम्प्स सुविधा पनि समावेश गरिएको छ। यो विश्वव्यापी ट्रेडिङ प्लेटफर्महरूमा व्यापक रूपमा प्रयोग हुने शक्तिशाली टुल हो।
हिटम्याप्सले ले रंगीन भिज्युल रिप्रिजेन्टेसन मार्फत बजारको अवस्था तुरुन्तै बुझ्न सहयोग पुर्याउँछ। यसले प्रयोगकर्तालाई टप गेनर्स र लुजर्स पहिचान गर्न, बलियो र कमजोर मार्केट सेगमेन्ट छुट्याउन, मार्केट सेन्टिमेन्ट ट्रेन्ड्स बुझ्न र सेक्टर मुभमेन्ट प्याटर्न विश्लेष गर्न सहयोग गर्ने अपेक्षा कम्पनीको छ।
लगानीकर्तालाई अझ गहिरो विश्लेषण गर्न सक्षम बनाउन सुधारिएको मोबाइल एप चार्टिङ फिचर समावेश गरिएको छ।
अब प्रयोगकर्ताले इन्टरएक्टिभ चार्ट्स मार्फत प्राइस मुभमेन्ट ट्रेन्ड्स, पर्फर्मेन्ट प्याटर्न्स र मार्केट सिग्नल्स हेर्न सक्ने कम्पनीले जनाएको छ। यसले डेक्सटप प्लेटफर्मको आवश्यकता बिना एपबाटै टेक्निकल एनालिसिस गर्न सहज बनाउने कम्पनीको भनाइ छ।
यो चार्टिङ अपग्रेडले बजारको सही व्याख्या गर्न तथा सूचित लगानी निर्णय लिन सहयोग पुर्याउने कम्पनीको अपेक्षा छ।
अपग्रेडेड नासा एक्स सेल्फ सर्भिस एप नासा सेक्युरिटिजका सबै ग्राहकहरुलाई उपलब्ध भएको कम्पनीले जनाएको छ। हालका प्रयोगकर्तालाई नयाँ सुविधाहरू उपयोग गर्न एप अपडेट गर्नुपर्नेछ। नयाँ प्रयोगकर्ताले नासा सेक्युरिटिजको सेल्फ सर्भिस प्लेटफर्ममा रेजिस्ट्रेसन गरेर ट्रेडिङ सुरु गर्न सक्ने कम्पनीले जनाएको छ।