BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणको अध्यक्षका लागि ९ महिनाअघिको दरखास्त रद्द, नयाँ विज्ञापन गरिंदै

२०८३ जेठ ७

बीमा प्राधिकरणको अध्यक्षका लागि ९ महिनाअघिको दरखास्त रद्द, नयाँ विज्ञापन गरिंदै
बीमा प्राधिकरणको अध्यक्षका लागि ९ महिनाअघिको दरखास्त रद्द, नयाँ विज्ञापन गरिंदै


काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ९ महिना पहिले अगाडि बढाइएको सबै प्रक्रिया रद्द गरिएको छ।

Tata
GBIME

प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा अयोग्यताका कारण ६ महिनामै बर्खास्तगीमा परेपछि तत्कालीन सरकारले गठन गरेको सिफारिस समितिले २०८२ भदौ १४ गते अध्यक्ष पदका लावि आवेदन माग गरेको थियो। तर त्यसको एक सातापछि भएको जेनजी आन्दोलनले सरकार ढलेपछि प्रक्रिया रोकिएको थियो।

चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनालले संघीय मामिला मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएका थिए।

नयाँ सरकारले प्राधिकरण अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढाएको छ। वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो। त्यो समितिले ९ महिनाअघिको दरखास्त बुधबार रद्द गरेको छ।

समितिले नयाँ विज्ञापन गर्ने तयारी गरेको अर्थ मन्त्रालयका एक कर्मचारीले बताए।