BIZMANDU
www.bizmandu.com

नेप्सेमा १२.३६ अंकको गिरावट, ३ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच

२०८३ जेठ ७

नेप्सेमा १२.३६ अंकको गिरावट, ३ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच
नेप्सेमा १२.३६ अंकको गिरावट, ३ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से सूचक बिहीबार १२.३६ अंकले घटेको छ।

Tata
GBIME

कारोबार खुलेको १५ मिनेटमा बढेर २७६३ अंकमा पुगेको नेप्से अन्तिममा २७४२.११ विन्दु कायम भएको छ। म्युचुअल फण्ड र व्यापार बाहेकका समू उपसमूहले नेप्से सूचक घटाएका हुन्।

बजारमा १८८ कम्पनीको सेयर मूल्य घटैको छ। सबैभन्दा धेरै गुमाउनेमा अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य १४.९५ प्रतिशतले ओरालो लागेको छ। ७२ कम्पनीको सेयर मूल्य बढेको छ।

बजारमा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आँखुखोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै १७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ।