BIZMANDU
www.bizmandu.com

डाबर नेपालको ब्याच नम्बर एबी००४७७ को हनी बजारबाट फिर्ता लैजान निर्देशन

२०८३ जेठ ६

डाबर नेपालको ब्याच नम्बर एबी००४७७ को हनी बजारबाट फिर्ता लैजान निर्देशन
डाबर नेपालको ब्याच नम्बर एबी००४७७ को हनी बजारबाट फिर्ता लैजान निर्देशन

काठमाडौं । डाबर नेपालले उत्पादन गरेको एक ब्याजको हनी न्यूनस्तरको भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ब्याच नम्बर एबी००४७७ को ५०० ग्रामको हनी न्यूनस्तर खाद्य पर्दाथ रहेको जनाएको छ।

GBIME
Tata

जितपुर बारामा उत्पादन हुने उक्त हनी बजार अनुगमन क्रममा नमुना संकलन गरेर प्रयोगशालामा परिक्षण गर्दा न्यूनस्तरको भेटिएको विभागले जनाएको छ।

त्यसपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम बजारबाट तत्काल फिर्ता गर्न भनिएको हो।