BIZMANDU
www.bizmandu.com

सेयर बजार घट्दा सरकारलाई धक्का, पुँजीगत लाभकर ३५% घट्यो, १० महिनामा ९.११ अर्ब

२०८३ जेठ ६

सेयर बजार घट्दा सरकारलाई धक्का, पुँजीगत लाभकर ३५% घट्यो, १० महिनामा ९.११ अर्ब
सेयर बजार घट्दा सरकारलाई धक्का, पुँजीगत लाभकर ३५% घट्यो, १० महिनामा ९.११ अर्ब


काठमाडौं। सेयर कारोबारबाट सरकारले चालु आर्थिक वर्ष १० महिनामा ९ अर्ब ११ करोड २६ लाख रुपैयाँ पुँजीगत लाभाकर प्राप्त गरेको छ।

Tata
GBIME

सरकारले यो आर्थिक वर्ष साउनदेखि वैशाखसम्म सेयर बजारबाट गरेको आम्दानी पोहोर सोही अवधिको तुलनामा ३५.३४ प्रतिशत कम हो।

गत वर्ष १० महिनामा सरकारले सेयर बजारबाट १४ अर्ब ९ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो। यो वर्ष सेयर बजार ओरालो लाग्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा धक्का लागेको हो।

यसपालि वैशाखमा सरकारले ९३ करोड ६१ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। यो रकम पोहोर वैशाखको तुलनामा २३.८४ प्रतिशत कम हो।

पोहोर वैशाखमा सरकारले सेयर बजारबाट १ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको थियो। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि चैत दोस्रो सातासम्म सेयर बजार उकालो लागेकामा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि ओरालो लागिरहेको छ।

चैत दोस्रो सातादेखि ओरालो लागेको बजार अहिले २७५४ विन्दुमा छ। बजारमा कारोबार रकम खुम्चिएर ३ अर्ब रुपैयाँमा आएको छ।

सेयर बजारबाट यो वर्ष साउनमा २ अर्ब १५ करोड ७५ लाख, भदौमा ६० करोड १४ लाख, असोजमा २४ करोड ३९ लाख, कात्तिकमा ३८ करोड, मंसिरमा ६२ करोड ९८ लाख, पुसमा ५८ करोड ४३ लाख, माघमा १ अर्ब २९ करोड, फागुनमा ५५ करोड १५ लाख र चैतमा १ अर्ब ७३ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको तथ्यांक छ।

दुई आर्थिक वर्षको १० महिनामा सेयर कारोबारबापत सरकारलाई प्राप्त पुँजीगत लाभकर रु लाखमा

महिना२०८२/८३२०८१/८२फरक %
साउन२१,५७५४२३७८-४९.०९
भदौ६०१४२५७९४-७६.६८
असोज२४३९५८६५-५८.४१
कात्तिक३,८०५७५८७-४९.८५
मंसिर६,२९८१०४००-३९.४४
पुस५,८४३५८०००.७४
माघ१२,९१९१०५७०२२.२२
फागुन५५१५१३३०२-५८.५४
चैत१७३५७६९३५१५०.२८
वैशाख९३६११२२९२-२३.८४
कुल९११२६१४०९२३-३५.३४
स्रोत : सीडीएससी