BIZMANDU
www.bizmandu.com

चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धि ५.४०%, मधेशको १.३१% मा सीमित हुने

२०८३ जेठ ६

चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धि ५.४०%, मधेशको १.३१% मा सीमित हुने
चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धि ५.४०%, मधेशको १.३१% मा सीमित हुने

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत हुने भएको छ।

Tata
GBIME

केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक विवरणअनुसार दोस्रोमा गण्डकी प्रदेशको ५.०१ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरिएको छ।

सबैभन्दा न्यून वृद्धिदर मधेश प्रदेशको अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा मधेशको जम्मा १.३१ वृद्धि हुने कार्यालयको प्रक्षेपण छ।

चालु आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धिदर भने ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। यसअनुसार बागमती र गण्डकी प्रदेशको वार्षिक वृद्धिदर राष्ट्रियभन्दा बढी र बाँकी प्रदेशको कम हुनेछ।

कोशीको आर्थिक वृद्धि ३.१३, लुम्बनीको २.८७, कर्णालीको २.९४ र सुदूरपश्चिम प्रदेशको ३.२८ हुने तथ्यांक कार्यालयको प्रक्षेपण छ।