BIZMANDU
www.bizmandu.com

सेयर बजारमा सुधार, नेप्से दोहोरो अंकले बढ्दा ३ अर्ब ८२ करोड ८ लाखको कारोबार

२०८३ जेठ ६

सेयर बजारमा सुधार, नेप्से दोहोरो अंकले बढ्दा ३ अर्ब ८२ करोड ८ लाखको कारोबार
सेयर बजारमा सुधार, नेप्से दोहोरो अंकले बढ्दा ३ अर्ब ८२ करोड ८ लाखको कारोबार


काठमाडौं। लगातार ओरालो लागेको सेयर बजारमा बुधबार सुधार देखिएको छ। नेप्से परिसूचक ३०.०८ अंक बढेर २७५४.४८ विन्दुमा पुगेको छ।

Tata
GBIME

कारोबारमा आएका सबै समूहले बजार बढाएका हुन्। होटल तथा पर्यटन र जलविद्युतको सूचक सबैभन्दा धेरै १.८९ प्रतिशतले बढेको छ। बजारमा २४८ कम्पनीको सेयर मूल्य बढेको छ।

अपर लोहोरे खोला हाइड्रोवपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा २१ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनी एनएलजी इन्स्योरेन्सको सेयरमूल्य स्थिर रह्यो। घटेका कम्पनीमा कर्पोरेट डेभलपमेन्टको सेयरमूल्यमा १३.२६ प्रतिशतको गिरावट रह्यो।

सूचकसँगै बुधबार सेयर कारोबार रकम बढेको छ। बजारमा मंगलबार ३ अर्ब ८ करोड रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंककै सबैभन्दा धेरै १८ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, आँखु खोला जलविद्युतको १७ करोड ७८ लाख र अपी पावरको ११ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।